Rule 11C
मन्त्रालयमा सिफारिस गर्नु पर्ने
(१) नियम ११ख. बमोजिम पर्न आएको निवेदन जाँचबुझ गर्दा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्न उपयुक्त देखिएमा सम्बन्धित निकायले पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने अनुमतिका लागि मन्त्रालयमा सिफारिस गर्नु पर्नेछ ।
(२) नियम ११ख. मा जुनसुकै कुरा लेखिएका भए तापनि एकपटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कनमा केही भौतिक पूर्वाधार, डिजाईन, क्षमता वा स्वरुप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरवदल गर्ने, रुख कटान सङ्ख्यामा थप गर्नु पर्ने भए तापनि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने अवस्था नदेखिएमा सम्बन्धित निकायले सो प्रस्तावको वातावरणीय व्यवस्थापन योजना स्वीकृतिको लागि मन्त्रालयमा सिफारिस गर्नु पर्नेछ ।